काठमाडौ- केपी ओली कपको फाइनलमा मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब प्रवेश गरेका छन् ।
दशरथ रङ्गशालामा शनिवार भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई ४ गोल अन्तरले हराउँदै मच्छिन्द्र एफसीले फाइनल प्रवेश गरेको हो ।
शुक्रबार पहिलो सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ गाले अन्तरले हराउँदै आर्मी फाइनल पुगेको थियो । केपी ओली कपको फाइनल खेल सोमबार हुनेछ ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप सञ्चालन भइ रहेको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप