काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार परिसूचक नेप्से ७५ दशमलव २४ अङ्कले बढेको छ ।
सेयर बजार आज दुई हजार आठ सय ९० दशमलव २८ बिन्दुमा पुगेको छ । मङ्गलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बिहिवार ४९ अङ्क भन्दा धेरैले बढेको नेप्से आज पनि उच्च अङ्कले बढेको हो ।
आज बजारमा १४ अर्ब २५ करोड रूपैयाँको कारोबार भएको छ ।आज म्यूचुअल फण्ड बाहेक सबै उपसमूहको शेयर बढेकोमा फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा र उत्पादन समूहको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । आज पाँच वटा कम्पनीमा सकरात्मक सर्किट लागेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप