नागढुंगा सुरुङमार्गको रोकिएको काम सुचारु

  • २०८१ फागुन २१, बुधबार (६ दिन अघि)
  • १३२ पटक पढिएको
नागढुंगा सुरुङमार्गको रोकिएको काम सुचारु

काठमाडौं- नागढुंगा सुरुङमार्गको रोकिएको काम सुचारु भएको छ । धादिङको धुनिवेशी नगरपालिकाको एक घरमा क्षति पुगेको भन्दै स्थानीयले अवरोध गरेपछि सोमबार बिहानदेखि काम रोकिएको थियो ।

Advertisement

सडक विभाग मार्फत छलफल गरेर आवश्यक निर्णय गर्ने भन्दै सहमति भएपछि रोकिएको काम सुचारु भएको आयोजनाले जनाएको छ । सहमति पछि हाल सुचारु भएको हो ।

नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत रहेको छ । अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम सम्पन्न भएको छ । अहिले फ्लाईओभरको काम भइ रहेको छ । फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट