प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल

  • २०८१ फागुन २१, बुधबार (६ दिन अघि)
  • १२१ पटक पढिएको
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल

काठमाडौंं– प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए । झापाका खरेललाई त्यतिबेला प्रधानमन्त्रीको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेका थिए । ०६४ र ०७० मा संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री थिए ।

उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् । खरेलले ०४७ सालको संविधान निर्माणमा माधव कुमार नेपालको कानुनी सल्लाहकारको रुपमा भूमिका निर्वाह गरेका थिए । नेपाल बार एशोसियसनका पूर्वमहासचिव बार काउन्सिलमा कानुन व्यवसायी लाइसेन्स नम्बर १४९४ रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट