राती अनाथालयमा टिपर पस्दा ३ जनाको मृत्यु

  • २०८१ फागुन २३, शुक्रबार (४ दिन अघि)
  • ८७ पटक पढिएको
राती अनाथालयमा टिपर पस्दा ३ जनाको मृत्यु

काठमाडौं– साँखुको एक अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ।

Advertisement

राती बा२क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ अनाथालयभित्र छिर्दा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ कै सुमन, ४५ वर्षीय हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ।

शंखरापुर नगरपालिका-६ साँखु सलम्बुटार स्थित साँखु ब्रमखेल सडक खण्डमा सिन्धुपाल्चोक मेलम्ची-१२ का २५ वर्षीय सागर माझीले चलाएको टिपर द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा अनियन्त्रित प्रहरीले जनाएको छ ।

अनाथालय युबराज थापाले संचालन गर्दै आएका हुन् । टहरामा जम्मा ६१ जना बस्छन्। टिपर छिरेको कोठामा १० जना सुतिरहेका थिए। टिपरको ठक्करबाट घाइते भएका ती व्यक्तिलाई तत्काल उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएको थियो। तीनै जनालाई अस्पतालले मृत घोषणा गरेको हो।

टिपर र चालकलाई हाल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट