महिलालाई उद्यमसँग जोड्न धादिङमा महिला उद्यमशिलता उत्सव

महिलालाई उद्यमसँग जोड्न धादिङमा महिला उद्यमशिलता उत्सव

काठमाडौं– अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङको सदरमुकाम धादिङबेसीमा महिला उद्यमशीलता उत्सव गरिएको छ । नीलकण्ठ नगरपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसँग समन्वय गरि उत्सव गरेको हो ।

Advertisement

महिलाहरुलाई उद्यमशीलतासँग जोड्न, महिला उद्यमीले उत्पादन गरेका बस्तुहरुको विक्रि वितरण गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको नीलकण्ठ नगरपालिकाका नगर उपम्रमुख दिपक विश्वकर्माले बताए । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पहिलो पटक महिला उद्यमशीलता उत्सव गरिएको हो ।

महिला उद्यमशीलता उत्सव उद्घाटन समारोहको सम्बोधन गर्दै नेपाल नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले महिलालाई उद्यमशीलतासँग जोड्न सके आत्मनिर्भर बन्ने बताए । ‘महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाले पहल गर्दै आएको छ । आगामी वर्षहरूमा अझ व्यवस्थित र वृहत रूपमा महिला दिदिबहिनीहरुलाई लक्षित गरेर यस्ता महोत्सव आयोजना गर्ने गर्नेछौं’ उनले भने ।

महिलाहरुको उत्पादन, प्रवद्र्धृन, व्यापार तथा सीपमूलक विषयहरुको प्रदर्शन गरि धादिङबेसी बिचबजार चोकमा स्टलहरु राखेर उत्सवको रुपमा महिला दिवस मनाइएको हो । महिला उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस उत्सवमा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका सामग्री, ढाकाका आकर्षक कपडा, नेवारी परिकार, अचार, तथा विभिन्न घरेलु उत्पादनहरू बिक्री तिरण तथा प्रदर्शन गरेका थिए । यसले अन्य महिला दिदिबहिनीहरुलाई पनि प्रोत्साहन भएको र बजारीकरणमा सहयोग पुगेको उप प्रमुख विश्वकर्माले बताए ।

बेनिघाटरोराङको चैलुङबाट महिलाहरुले उत्पादन गरेको राजमा सिमि, मस्याङ, झर्लाङको आलु, रिको धुसेनीबाट डालो, थुन्चे, नीलकण्ठ नगरपालिका क्षेत्रबाट झोल साबुन, हार्पिक, फिनेल, विभिन्न ७ किसिमका अचार, मस्यौरा, गुन्द्रुक, कटुन्जेबाट ढाका बुनाइ झोला, पछ्यौरा, थैली, हातेतान, गलैँचा, हस्तकलाकाका सामानहरु प्रदर्शनीमा राखिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताए । महिलाहरुले उत्पादन गरेका र महिलाहरुले आम्दानी लिन सक्ने सामाग्रीहरुको प्रदर्शनी, प्रवद्र्धृन, विक्रि वितरण भएको उनले बताए ।

मेलामा २० भन्दा बढी स्टलहरू राखिएको थियो, जसले स्थानीय महिला उद्यमीहरूलाई आफ्ना उत्पादनहरूको प्रचार–प्रसार गर्नुका साथै र आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने अवसर पाएका स्टल राखेका महिला दिदिबहिनीहरुले बताएका छन् । उक्त महोत्सवमा स्थानीयबासी, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट