काठमाडौं– आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । सुनको मूल्य एक सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासघंले जनाएको छ ।
गएको शुक्रवार सुनको मूल्य तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको मूल्य भने सामान्य घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कायम रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप