धादिङ- ज्वालामुखि गाउँपालिका- ६ साँधभज्याङमा प्रधानाध्यापकहरुको लागि बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकका लागि बालमैत्री स्थानीय शासन नितिगत र प्रक्रियागत अवलम्बन तथा घोषणा सम्बन्धि जानकारी दिने तथा क्षमता विकास गर्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासन वडा समितिको संस्थागत संरचना र बालमैत्री स्थानीय शासनका सेवा प्रवाहका ३६ वडा र संस्थागत १५ गरि ५१ वटा सूचकहरू, विद्यालयमा बालबालिकाहरुको शैक्षिक सुधारमा प्रधानाध्यापकहरुको भुमिका बालक्लब, बालक्लब संञ्जाल गठन तथा परिचालन लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजीकरण गरेका थिए । अभिमुखीकरण कार्यक्रममा ज्वालामुखी गाउँपालिका भित्रका ३१ जना प्रधानाध्यापक सहभागी रहेको शिक्षा शाखा प्रमुख देवकी सिम्खडाले जानकारी दिइन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप