काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को उद्घाटन समारोहको सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पुरा गर्ने सरकारको योजनालाई निजि क्षेत्रले सहयोग गरिरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने दक्ष जनशक्ति उत्पादन गर्नु पर्नेमा जोड दिए । स्वदेशमै बढीभन्दा बढी रोजगारी सिर्जना गरि देशलाई समृद्ध बनाउन सबै लाग्नु पर्ने उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप