लगातार सातौं दिन सेयर बजारमा गिरावट

  • २०८१ फागुन २७, मंगलबार (२१ घण्टा अघि)
  • ६५ पटक पढिएको
लगातार सातौं दिन सेयर बजारमा गिरावट

काठमाडौं– सेयर बजार परिसूचक नेप्से आज पनि ओरालो लागेको छ । सेयर बजार आज ३२ दशमलव २१ अङ्कले घटेर २ हजार ७ सय १९ दशमलव २० विन्दुमा झरेको छ । शेयर बजार लगातार सातौं कारोबार दिन पनि घटेको हो ।

Advertisement

आज विकास बैंक बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन समूहको शेयर साढे २ प्रतिशतले ओरालो लागेको छ । यस्तै फाइनान्स, जलविद्युत्, लगानी, अन्य, व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको हो ।

आज बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । हिजो ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ३ सय ३ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ८ अर्ब ३९ करोड रुपैयाँमा किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट