लागुऔषध कसूरदारमा गाउँपालिकाका अध्यक्षलाई १ वर्ष कैद र २ लाख जरिवाना

  • २०८१ फागुन २९, बिहिबार (२ हप्ता अघि)
  • १५१ पटक पढिएको
लागुऔषध कसूरदारमा गाउँपालिकाका अध्यक्षलाई १ वर्ष कैद र २ लाख जरिवाना

काठमाडौं– नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लाई एक वर्ष कैद र दुई लाख जरिवाना भएको छ । लागुऔषधमा कसूरदार ठहरपछि बिहीबार भएको सजाय निर्धारण फैसलामा गुप्तालाई उक्त सजायको फैसला भएको हो ।

Advertisement

उक्त सजायबाहेक गुप्तालाई ‘क्षतिपूर्ति शुल्क पीडित राहत कोष’ मा आठ हजार जरिवाना दाखिला गर्नुपर्ने पनि फैसला भएको छ । अध्यक्ष गुप्तासँगै लागुऔषधमा कसूरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला भएको छ । लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने र त्यसको आधारमा अध्यक्ष गुप्तालाई आधा सजाय हुने गरी सजाय निर्धारणको पेशी तोकिएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट