नीलकण्ठ नगरपालिकाका विद्यार्थीलाई ४३ लाख बराबरको शैक्षिक सामाग्री वितरण

नीलकण्ठ नगरपालिकाका विद्यार्थीलाई ४३ लाख बराबरको शैक्षिक सामाग्री वितरण

काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिकाको १२ वटा विद्यालयका एक हजार नौ सय ९९ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नगरपालिका भित्र रहेका १२ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला सहित स्टेशनरी सामाग्री तथा न्यानो कपडा सेट वितरण गरिएको हो ।

Advertisement

नीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख दिपक विश्वकर्माको पहलमाGlobal co–operation for development / China foundation for rural development को सहयोगमा ४३ लाख १४ हजार ९ सय ४१ रुपियाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको हो ।

‘केही विद्यालयमा झोला, केहीमा शैक्षिक सामाग्री स्टेशनरी, केही विद्यालयका विद्यार्थीहरुलाई न्यायो कपडा सेट समेत वितरण गरिएको छ’ नीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख दिपक विश्वकर्माले भने– ‘नीलकण्ठ नगरपालिकाले विकास वजेटको करिव एक तिहाई शिक्षामा लगानी गरेको छ । निःशुल्क तथा अनिवार्य तर गुणस्तरीय शिक्षामा नगरपालिकाले जोड दिएको छ । नगरपालिका भित्रका सबै विद्यार्थीहरु आर्थिक हिसावले सक्षम छन् भन्ने छैन । वितरण गरिएको शैक्षिक सामाग्री तथा लत्ताकपडाले उनीहरुको शैक्षिक सुधारमा ठूलो टेवा पुग्ने विश्वास छ ।’

नगर उप प्रमुखकै पहलमा नगरपालिका भित्रका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा लत्ताकपडा वितरण गरिएको हो । सहयोगीदातासँग समन्वय, कागजपत्र तयार तथा पेश गर्ने लगायतका काम उप प्रमुख विश्वकर्माले नै गरेका हुन् । जनवादी गणतन्त्र चीनको लागि निवर्तमान नेपाली राजदुत एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विष्णु पुकार श्रेष्ठको पनि सहयोग रहेको उनले बताए । यो सबै प्रक्रिया पुरा गर्न दुई वर्ष लागेको र हाल वितरण गर्न सफल भएकोमा उनले खुसी व्यक्त गरे ।

त्यस्तै, झोलासहित शैक्षिक सामाग्री तथा लत्ताकपडा पाएका विद्यार्थीहरुले पनि खुसी व्यक्त गरेका छन् । नगरपालिकाले निःशुल्क शिक्षा दिएको छ । नगर उप प्रमुख विश्वकर्माको पहलमा अहिले अध्ययन गर्न सपोर्ट पुग्ने झोला, स्टेशनरी सामाग्री, लत्ताकपडा दिएर गरिव तथा जेहेन्दार विद्यार्थीहरुमा ठूलो सहयोग पुगेको उनीहरुले बताएका छन् । नीलकण्ठ नगरपालिका–८ मा रहेको रामकोट माध्यामिक विद्यालयकी छात्रा सलिना कुमाल भन्छिन्– ‘शैक्षिक सामाग्री, लत्ताकपडा अभावले ठूलो समस्या परेको थियो । यो शैक्षिक सामाग्रीले हामीलाई ठूलो राहत पुगेको छ । म जस्तै धेरै साथीहरुको च्यातिएको व्याग, फाटेको कपडा फेरिएको छ । हामीलाई त दशैं आए जस्तै भयो ।’

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट