काठमाडौं– दुर्गेश थापाको नयाँ गीत ‘दुश्मन हेरेको हेर्यै’ युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वव्यापी एक सय म्युजिक भिडियोको सूचीमा यो गीत ७७ औं स्थानमा रहेको छ । युट्युबको ग्लोबल ट्रेन्डिङमा यसअघि एकाध गीत मात्रै परेका छन् ।
‘दुश्मन हेरेको हेर्यै’ गीत दुर्गेश थापाको आफ्नै शब्द तथा संगीत रहेको छ । यो समाचार तयार पार्दासम्म युट्युबमा ’दुश्मन हेरेको हेर्यै’ को भिडिओको भ्युज ४ करोड नजिक छ । ३ करोड ९८ लाख प्लस भ्युज रहेको छ ।
गायनमा दुर्गेश थापालाई आनन्द कार्की र दुई चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानको साथ दिएका छन् । भिडियोेमा दुर्गेशसँगै प्रियंका कार्की, कविता नेपाली लगायत फिचर्ड छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप