करिब २५ करोडसहित काठमाडौंबाट दुई जना पक्राउ

  • २०८१ चैत्र ५, मंगलबार (२ हप्ता अघि)
  • १६३ पटक पढिएको
करिब २५ करोडसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं– काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट दुई जनालाई करिव २५ करोड रकमसहित पक्राउ गरेको हो ।

Advertisement

काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको छ । नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको हो । ट्रक चालक सहित दुईजना पक्राउ परेका हुन् ।

यस बारे अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ । पत्रकार सम्मेलन गरि यस बारे जानकारी दिने अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट