रित्तिदै धादिङको तोप्लाङ गाँउ

रित्तिदै धादिङको तोप्लाङ गाँउ

काठमाडौं–  भिरालो जमिन, डाँडाको बस्ति । फरक फरक बनावटका आकर्षक घरहरुको सुन्दर गाउँ । स्वास्थ्य तथा भौगोलिक हिसावले बसोबासका लागि उत्तम मानिएको क्षेत्र धादिङको धुनीबेशी नगरपालिका– ७ तोप्लाङ गाउँ । तर अहिले बसाईसराईका कारण गाउँ रित्तिन थालेका छन् ।

Advertisement

संघीय राजधानी काठमाडौंको चन्द्रागिरी नगरपालिकाको थानकोटबाट करिव १२ किलोमिटर दुरिमा तोप्लाङ गाउँ रहेको छ । देशको लाइफलाइन मानिने त्रिभुवन राजपथको धुनीवेसी नगरपालिकाको खानीखोलाबाट ६ किलोमिटर दुरिमा रहेको छ । तामाङ समूदायको मात्र बसोबास रहेको तोप्लाङ गाँउलाई नमूना र पर्यटकीय गाँउ बनाउन ठूलै प्रयास भएका छन् । श्रमदान गरेर गाउँमा सडक सञ्जाल पनि जोडे । अन्य विकास निर्माणका गतिविधिहरु पनि भइ रहेका छन् ।

तोप्लाङ गाँउमा ६७ घर परिवार रहेको छ । बसाईसराईका कारण अहिले ५० परिवार मात्र गाउँमा भेटिन्छन् । त्यसमा पनि युवाहरु गाउँमा भेटिन्नन् । बालबालिकाहरु पनि अध्ययनका लागि शहर छिरेका छन् । काम गर्न सक्नेहरु परदेशिएका छन् । कोहीले रोजगारीका लागि गाउँ छाडे, केहीले बालबालिकाको शिक्षादिक्षाका लागि गाउँ छाडे । सुख, सयल, सुन्दर भविष्य तथा रोजगारीका लागि गाउँ छाड्दा सुन्दर तोप्लाङ गाउँ रित्तिदै गएको हो ।

स्थानीयलाई गाउँमै स्थापित गर्न तीन कक्षालाई पाँच कक्षासम्म पु¥याइयो । तर गुणस्तरिय शिक्षा र रोजगारीका लागि गाउँ छाड्न थालेपछि समस्या परेको स्थानीय मनोज तामाङ बताउँछन् । ‘२०७२ सालमा आएको गोर्खा भुकम्पले भासिएको पानीको मुहान लिफ्टिङ गरेर व्यवस्था गरिएको थियो । तर निरन्तर रुपमा सञ्चालनमा समस्या भएको छ । कहिले ट्रान्फर्मर बिग्रन्छ, कहिले के समस्या आउँछ मर्मत गर्ने मानिस गाउँमा छैन’ उनले भने ।

तोप्लाङ पर्यटकिय हिसाबले पनि राम्रो मानिन्छ । नगरपालिकाले होमस्टे सञ्चालन गर्ने तालिम पनि दिएको थियो । प्रदेश सरकारले भ्यूटावार निर्माण गरिदिएको छ । भ्युटावरबाट धादिङ आसपासका अन्य जिल्ला लगायत सुन्दर हिमालहरु पनि दृश्यावलोकन गर्न सकिन्छ ।
स्थानीयलाई गाउँमै स्थापित गर्न थुप्रै खालका प्रयास भएको धुनीवेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्य बताउँछन् । ‘गाउँमा सडक सञ्जाल, शिक्षा, स्वास्थ्य लगायतका सेवा पु¥याइएको छ । गाउँका स्थानीयलाई होमस्टे सञ्चालनका लागि तालिम दिइएको छ । पर्यटकिय गाउँ बनाउन भ्यूटावर बनाइए । तर गाउँ रित्तिदै गयो । गाउँमा मानिसहरु बस्नै छाडे । यो हामी सबैको चिन्ताको विषय बनेको छ ।’

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट