धादिङ– प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल, धादिङले २४ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरि प्रयास नेपाल धादिङले आफ्नो स्थापना दिवस मनाएको हो ।
सिद्धलेक गाउँपालिका– १ मा अवस्थित जलेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ४५ जना बालबाललिकाहरुको लागि शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको हो । स्थापना दिवसको अवसरमा संस्थाले प्रेस विज्ञप्ति जिल्लामा विभिन्न साझेदार संस्थाहरुको साझेदारीमा संस्थाको स्थापना भए देखि हाल सम्म शिक्षा, संरक्षण, जिविकोपार्जन, बाल अधिकार, सुशासन, खानेपानी तथा सरसफाई लगायतका विषयगत क्षेत्रमा केन्द्रित भई स्थानीय सरकारहरुसँगको समन्वय र सहकार्य तथा विकास साझेदारसँग साझेदारीमा सामुदायिक विकासका कार्यहरु गर्दै आएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । बालबालिकालाई सपोर्ट पुग्ने अपेक्षाले स्थापना दिवसको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको अर्यालको भनाई छ ।
संस्थाले हरेक कार्यक्रम तथा आफ्ना गतिविधीहरु संचालन गर्दा र सेवा प्रवाह गर्दा पारदर्शिता, जवाफदेहिता, बिश्वसनियता र संस्थामा सुशासन र जसको सवाल उसको सहभागीताका पक्षहरुमा विशेष ख्याल गर्ने गरेको प्रयास नेपालका अध्यक्ष विर बहादुर श्रेष्ठले बताए । स्थापना दिवसको अवसरमा २४ बर्ष सम्म संस्थालाई साथ सहयोग, सल्लाह, सहकार्य गर्ने व्यक्ति, स्थानीय तह, सरकारी कार्यालय, संचारकर्मी तथा संचारगृहलाई र विकास साझेदार संस्थाहरु, लक्षित वर्गलाई उनले धन्यवादसहित उस्तै साथ तथा सहयोगको अपेक्षा गरे ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप