काठमाडौं– नेपाली बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार भने १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार २ हजार ३० रुपैयाँ तोलामा कारोबार भएको चाँदी शुक्रबार ३५ रुपैयाँ घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप