काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका-४ पौवामा पानीमा डुबेर डेढ वर्षीया बालिकाको ज्यान गएको छ ।
सन्जिव परियारको डेढ वर्षिया छोरी सन्जिवनीको मृत्यु भएको नीलकण्ठ नगरपालिका-४ का वडा अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार घरको आँगनमा रहेको पानीको ड्रममा खेल्ने क्रममा पानीमा डुबेर बालिकाको ज्यान गएको हो । मृतक बालिकाको बुबा कामको शिलशिलामा घर बाहिर छन् । आमा घर भित्रको काम गरिरहेको समयमा घरको आँगनमा रहेको पानीको ड्रममा डुबेर बालिकाको ज्यान गएको हो । मृतक बालिकाको शव पोष्टपार्टमको लागि धादिङ अस्पतालमा लगिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप