देशको हरेक संकट समाधान गर्ने एमाले हो: महासचिव पोखरेल

देशको हरेक संकट समाधान गर्ने एमाले हो: महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले देशको हरेक संकट एमालेले समाधान गर्ने बताएका छन् । लोकतान्त्रिक प्रणाली माथि नै चुनौती रहेकोले समस्या समाधान गर्न नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएको उनले बताएका हुन् ।

Advertisement

पोखरेलले वर्तमान सरकार सरकार चलाउनको लागि मात्र नभएको उनले बताए । आइतबार प्रेस चौतारी नेपालको १०औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन समारोहको सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
`लोकतान्त्रिक प्रणाली माथि नै चुनौती उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको हो´ उनले भने- ‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जब देशलाई संकट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्दछन् ।’

पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर कांग्रेस र एमाले भएको बताए । माओवादीलाई सशस्त्र द्वन्द्वको समय कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको छ । राजवादी र भारतीयहरू माओवादीलाई हामीले संरक्षण गरेका थियौँ भन्दै हिँड्न लागेका हुन् । हिजो देश कहाँ थियो । आज कहाँ छ भन्ने कुरा विश्लेषण नगरी लोकतन्त्र आएपछि देशमा केही भएको छैन भनि गरिएको भ्रमको पछि लाग्न नहुने उनले बताए ।

आज राजावादीहरुले लोकतन्त्रमा देश विकासको कुनै काम हुन सकेन भनेर भ्रम फिँजाइरहेको बताउँदै पोखरेलले राजाको पालामा भएको विकास र लोकतन्त्रमा राजनीतिक दलले शासन गर्दा भएका विकास तुलना गरेर हेर्न आग्रह गरे । पोखरेलले कुतर्क गरेर जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई चेतावनी समेत दिएका छन् । ‘लोकतन्त्रले के दियो, गणतन्त्रले के दियो भन्ने कुरा तथ्यका आधारमा विश्लेषण गरेर हेर्नुपर्दछ’, उनले भने ।

आज जुन हिसाबले सामाजिक सञ्जाल मार्फत सामाजिक अराजकता मच्चाइँदै छ त्यसको पछि लाग्ने हो भने लोकतन्त्र नै जोखिममा पर्ने उनले बताए । उनले भने- `लोकतन्त्रमा प्रेस स्वतन्त्रतामा कुनै बन्देज नलाग्ने भए पनि सामाजिक अराजकतालाई भने रोक्नु पर्नेछ । समाजलाई जहिले पनि अस्थिरतामा रुमलेर यो समाज अगाडि बढ्न सक्दैन ।’

नेपालमा राजतन्त्र ब्युँताउने कुरा किमार्थ सम्भव नरहेको उनले बताए । संगठित शक्तिहरूले लामो तयारी गरेर राजाको पक्षमा प्रदर्शन गरेको भए पनि त्यसले गणतन्त्र उल्टाउने कुरा सम्भव छैन । नेपालको अहिलेको संविधान संशोधन गरिने बताउँदै उनले त्यसको लागि दुई दलले आवश्यक वातावरण बनाउने काम गरिरहेका बताए । अहिले दुईवटा पार्टी संयन्त्र बनाएर संविधान संशोधन गरी स्थायित्व कायम गरेर अघि बढ्ने पोखरेलले स्पष्ट पारे ।
पत्रकारिता क्षेत्रले विकास र समृद्धिको एजेण्डा लिएर अघि बढ्नु पर्ने उनले बताए । अब सञ्चार क्षेत्रको मिसन पनि बदलिनु पर्छ । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभरका झण्डै १ हजार पत्रकारहरू भेला भएका छन् ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट