काठमाडौं– धादिङ समाज जापानको अध्यक्षमा बिमल श्रेष्ठ चयन भएका छन् । टोकियोको सिनओकुबोमा भएको छैटौँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा बिजय सडौला, उपाध्यक्षहरुमा प्रल्हाद अधिकारी, ईश्वरी अर्याल, मंगल बहादुर सुनार, विशाल भण्डारी महासचिवमा सुशान्त बानियाँ चयन भएका छन् । यसैगरी सचिवहरुमा दिपक बिष्ट र सरोज गिरी, कोषाध्यक्षमा राम बाबु दनाई र सह कोषाध्यक्षमा प्रविन नेपाल चयन छन् ।
त्यस्तै सदस्यहरुमा गणेश बहादुर अघिकारी, अजय न्यौपाने, समुद्र सडौला, देबिका पण्डित, रंजिता अर्याल, निरज पण्डित, प्रदिप जंग शाह, नबिन राना मगर, दिनेश विश्वकर्मा, सन्तोष श्रेष्ठ, भिनसेन कुवँर, सुनिल जमरकट्टेल, बद्री पौडेल, उपेन्द्र पण्डित र राजेश पण्डित चयन भएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप