काठमाडौं– दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन। आइतबार राति करिब १ बजेदेखि सुरू भएको आगो नियन्त्रणमा आउन नसक्दा आसपासका ३० भन्दा बढी घर जोखिममा परेका छन् ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि दाङको घोराही, तुलसीपुर, गढवाका दमकलका साथै बाहिरी जिल्ला रुपन्देही,कपिलबस्तु,बाँके र बर्दियाबाट दमकल झिकाइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल, टयाङ्कर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइ रहेको छ ।
करिव आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ ।आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ,कच्चा पदार्थ,प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप