प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

काठमाडौं– नेकपा एमाले निकट श्रमजीवी पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत रूपमा निर्वाचित चयन छन् ।

Advertisement

प्रेस चौतारी नेपाल लमजुङबाट प्रेस चौतारी नेपालमा संगठित भएका थिए । पाण्डे संगठनमा लामो समय काम गर्दै र पत्रकारिता क्षेत्रलाई निरन्तर अघि बढाएका पाण्डे केन्द्रीय अध्यक्ष बनेका हुन् । प्रेस चौतारी नेपाल लमजुङको अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव, उपाध्यक्ष हुँदै केन्द्रीय अध्यक्ष बनेका हुन् ।

उपाध्यक्षमा चेतन अधिकारी, कृपा भण्डारी, महासचिव हिरामान लामा, उप महासचिव हरिवल्लब नेपाल, सचिवहरु विष्णु तारुके(संगठन), प्रदिप आचार्य(अर्थ), विक्रम लुइटेल(प्रचार प्रशिक्षण), नरेश भण्डारी (विदेश) चयन भएका छन् ।

त्यस्तै, निर्वाचन आयोग अध्यक्ष गणेश खनाल, नीति अनुसन्धान आयोग अध्यक्ष दिपेन्द्र श्रेष्ठ, लेखा आयोग अध्यक्ष अर्जुन श्रेष्ठ, अनुशासन आयोग समीर बलामी चयन भएका छन् ।

त्यसै गरि केन्द्रीय सदस्यमा धादिङका श्रीहजुर सिलवाल केन्द्रीय सदस्यमा चयन भएका छ्न् ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट