काठमाडौं– सुनसरीको इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ ।
भवनभित्र फसेका मानिसलाई उद्धार तथा आगो निभाउने काम भइ रहेको छ । सशस्त्र प्रहरीको नं.१ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रण तथा उद्धारको काम भइरहेको छ । यो समाचार तयार पार्दासम्म भित्र फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ ।
आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ ।
उक्त प्लाजामा केही व्यक्ति रहेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर समेत पठाइएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयले हेलिकप्टर पठाइएको बताएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप