राजावादी प्रदर्शनकारीहरुले व्यक्तिका घरको सिसा झ्याङप्वाल पारे

  • २०८१ चैत्र १५, शुक्रबार (२ दिन अघि)
  • १३८ पटक पढिएको
राजावादी प्रदर्शनकारीहरुले व्यक्तिका घरको सिसा झ्याङप्वाल पारे

काठमाडौं– काठमाडौंको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् ।

Advertisement

राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरि व्यक्तिका घरका सिसा फुटाएका हुन् । उक्त घरभित्र मानिसहरू बसिरहेका छन् । छतबाट मानिसहरूले प्रहरी नभएको हातले इसारा गरेपनि प्रदर्शकारीहरुले ढुंगा प्रहार गरेका हुन् ।

तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो । त्यसपछि राजावादी समर्थकहरू झनै उच्छृंखल बनेका हुन् । चाबहिल, भक्तपुर लगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट