काठमाडौं– म्यानमारमा गएको ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण ठूलो क्षेती पुगेको छ । भुकम्पका कारण म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको हो ।
म्यानमारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि फेरि ६ दशमलव ४ म्याग्निच्युडको अर्काे भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (यूएसजीएस) ले जनाएको छ ।
भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या अझै थाहा नभएको तर कम्तीमा सयौंको ज्यान गएको हुनसक्ने बताएका बीबीसीले जनाएको छ । भूकम्पपछि म्यानमार सैन्य शासनले राजधानी नेपिएडोसहित देशका ६ वटा क्षेत्रमा सङ्कटकाल घोषणा गरेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसैबीच थाइल्यान्डको राजधानी बैंककमा निर्माणाधीन एउटा ३० तले भवन भत्किँदा कम्तीमा ७० जना मजदूर बेपत्ता भएका थाई अधिकारीहरूले बताएका छन् । बैंककमा भूकम्प थेग्न सक्ने गरी भवन निर्माण नगरिएका हुनाले ठूलो क्षति पुगेको हुन सक्ने खबरमा उल्लेख छ ।
थाई सरकारले आपत्कालीन बैठक बोलाएको छ । भूकम्पको धक्का दक्षिण पश्चिम चीनमा पनि महसूस गरिएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप