काठमाडौं– नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले वाक स्वतन्त्रता लगायतका अधिकारको दुरुपयोग गर्नेलाई हदैसम्मको सजाय हुनु पर्ने माग राखेकी छिन् ।
संविधानले दिएको स्वतन्त्रताको अधिकारको दुरुपयोग गर्दै पत्रकारलाई ज्यूँदै जलाउने राजावादी प्रदर्शनकारी तथा पूर्वराजाका समर्थकहरूलाई हदैसम्म कारबाही गर्नुपर्ने माग राखेकी हुन्। पत्रकारले समाचार सम्प्रेषणकै क्रममा हत्या, कुटपिट र सञ्चार माध्यम माथि आगजनी लगायतका भौतिक आक्रमण भोग्नु परेको दुखद घटनाको भर्त्सना गरेकी छिन् ।
दोषी माथि कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका देशैभरका महासंघले विरोध सभा गर्ने भएको हो । संविधानले दिएको अधिकार प्रयोग गर्दै तिनै अधिकार माथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने पत्रकार तथा संचार माध्यमसम्बद संघ संस्थाहरुको माग छ । ‘संविधानले दिएको वाक् स्वतन्त्रता लगायतका अधिकारको उपयोग गर्दै तिनै अधिकार माथि आक्रमण गर्ने भिडतन्त्रलाई परास्त गर्न सबै नागरिक समाजलाई आव्हान गर्छु र दोषी प्रत्येक व्यक्ति माथि कानुनी कारबाहीको माग गर्छु’, अध्यक्ष शर्माले भनिन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप