धादिङ– राष्ट्रिय युवा संघ नेपाल सिद्धलेक गाउँपालिका कमिटिको अध्यक्षमा रोहित गुरुङ चयन भएका छन् ।
दोश्रो अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । कमिटिको उपाध्यक्षमा ज्ञान बहादुर घले, सचिवमा सुजिता अधिकारी, कोषाध्यक्षमा कुमार सिलवाल, सहसचिवमा उमा गुरुङ चयन भएका छन् ।
त्यस्तै, साइवर सर्कल जीवन नेपाल, सदस्यहरुमा सृजना शाक्य, सन्देश सिलवाल, मनोज श्रेष्ड, प्रकाश थापा, हिरा सिलवाल अधिकारी, उपेन्द्र धरेल, शिव आले, टुक बहादुर थापा, गणेश घले, सन्तोष घले, राजेन्द्र घले, सुनिल श्रेष्ठ, सन्दिप घले, कमल श्रेष्ठ, राजेन्द्र शर्मा, सविन मगर र कुमार लामिछाने चयन भएका छन् ।
अधिवेशन उद्घाटन समारोहमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष महाराज गुरुङ, नेकपा एमाले जिल्ला कमिटि धादिङका अध्यक्ष भुमी त्रिपाठी, युवा संघ धादिङका इन्चार्ज कमल सिलवाल, पूर्व अध्यक्ष इश्वर सिलवालले शुभकामना दिदै देशको उर्वर युवा शक्तिले देश विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप