काठमाडौं– जीपको ठक्करबाट सिन्धुलीको कमलामाइ नगरपालिका वातावरण शाखामा काम गर्ने एक जना कर्मचारीको मृत्यु भएको छ ।
झापाबाट काठमाडौं आउदै गरेको प्रदेश १–००१ च ८८२१ नम्बरको जीपको ठक्करबाट कमलामाइ नगरपालिका–१२ का सरसफाइ कर्मचारी ३५ वर्षीय शेरबहादुर खपांगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरसफाइका लागि साइकलमा कार्यालयतर्फ जाँदै बीपी राजमार्ग अन्तर्गत कमलामाइ नगरपालिका–६ को रातमाटा घुम्ती नजिक जीपले ठक्कर दिएको थियो । ठक्कर दिने चालकलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप