बङ्गलादेशको मोडलमा सत्ता परिवर्तनको सपना नदेखे हुन्छ- महासचिव पोखरेल

  • २०८१ चैत्र १७, आईतबार (२ दिन अघि)
  • ८१ पटक पढिएको
बङ्गलादेशको मोडलमा सत्ता परिवर्तनको सपना नदेखे हुन्छ- महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्रलाई बङ्गलादेशको मोडलमा सत्ता परिवर्तन गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

Advertisement

दुर्गा प्रसाईँ जस्ता अराजक गतिविधि गर्नेलाई परिचालन गरेर आपराधिक क्रियाकलाप गराई दोष सुरक्षाकर्मीलाई बोकाएर आफू भने पानी माथिको ओभानो बन्न खोजेको आरोप लगाएका छन् । ‘बङ्गलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न जनकमाण्डर तोकिएका दुर्गा प्रसाईँद्वारा परिचालित गरिएकाहरुले वितण्डा मच्चाएको छ । दुर्गा प्रसाईँलाई दोष थोपरेर उम्कन खोजेका राप्रपाका संस्थापक पूर्वपञ्चहरुले अहिले सुरक्षाकर्मीलाई दोष थोपर्नुको कारण निर्मल निवासको थ्रेट भएको पोखरेलको विश्लेषण छ । घटना भएको दिन दुर्गा प्रसाईँ लगायतको दोष थोपर्ने राप्रपाका नेताहरूको अहिले बोली फेरिएको पोखरेलले बताए ।

‘राजावादी र पूर्वपञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाईँ र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भए पनि विश्वास गर्थे होला नेपाली जनताले, घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो तर निर्मल निवासको थ्रेटका सामु उनीहरू निरीह देखिए र भन्न थाले प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले’, उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट