दाउन्नेमा दिनमा ५ रातमा ६ घण्टा बाटो बन्द गरि सडक विस्तार गरिने

  • २०८१ चैत्र २३, शनिबार (१ दिन अघि)
  • १०२ पटक पढिएको
दाउन्नेमा दिनमा ५ रातमा ६ घण्टा बाटो बन्द गरि सडक विस्तार गरिने

काठमाडौं- नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा आवागमन बन्द गरि सडक विस्तारको काम गरिने भएको छ । नवलपरासी पूर्व र पश्चिमका सरोकारवालाहरुको शनिवार दाउन्नेमा बसेको बैठकले आवागमन बन्द गरेर सडक विस्तारको कामलाई तिब्रता दिने निर्णय गरेको हो ।

Advertisement

चैत २७ देखि ३१ गतेसम्म पाँच दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र बैशाख एक गतेदेखि १५ गतेसम्म राती ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने जिल्ला ट्राफिक कार्यालय नवलपुरले जानकारी दिएको छ ।

पछिल्लो समय दाउन्ने खण्डमा कामले तिब्रता पाएपनि यात्रुले निक्कै सास्ती पाएको र दाउन्ने पार गर्न १० घण्टासम्म समय लाग्न थालेपछि दुबै जिल्लाका सरोकारवाला छलफलमा जुटेका हुन् । दाउन्ने क्षेत्रमा निर्माण कम्पनीले यात्रुलाई सहज हुने ढंगले भन्दा पनि आफूलाई सजिलो हुने गरी काम गर्दा यात्रुले सास्ती पाएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट