काठमाडौं– सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबादेखि निरन्तर गिरावट आएको सुनको मूल्य आज पनि तल झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार तोलामा १ हजार ९ सयले घटेको सुन सोमबार ७ सयले घटेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन ३ हजार ९०० रुपैयाँले घटेको थियो ।
चैत्र २१ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । सो दिन एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको थियो।
सुनको मूल्य घटेपनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १८सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप