काठमाडौं– पर्सामा छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । साइबर ब्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
भारत घर भएका उनी व्यवसाय गरेर बस्दै आएका थिए । श्रीमती नभएको बेला छोरीमाथि बलात्कार गरेर भिडिओ बनाउने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।
नेसनल सेन्टर अफ मिसिङबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा बालिकामाथि यौन शोषण भइरहेको खबर आएको थियो ।
साइबर ब्युरोको सहयोगमा अनुसन्धान गर्दैगर्दा प्रमाणसहित बलात्कार आरोपमा ३४ वर्षिय बुबालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनले बनाएको भिडियोहरू गुगल ड्राइभमा राखेकाले निगरानीको क्रममा बालिकामाथि बलात्कार भएको रिपोर्ट आयो। उनको मोबाइलमा पनि बाल यौन शोषणका सामग्री देखाएर बलात्कार गरेको भिडियोहरू भेटिएको प्रहरी उपरिक्षक मिश्रले बताए ।
उनीविरूद्ध करणीसम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप