काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सम्भावना नै सम्भावनाहरूको उर्वर भूमि रहेको बताएका छन् । कृषिका लागि उपयुक्त भूमि, जडीबुटीदेखि पानीको अपार स्रोतयुक्त चुरेक्षेत्रलगायत रहेकाले मधेशको सम्भावनालाई उपयोग गरि देश विकास गर्नुपर्ने बताएका हुन् ।
मधेश प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष रहेको बताए ।
त्यस्तै, जन्मिँदै राजा र रैती हुने व्यवस्था कुनै पनि हालतमा नआउने बताए । मधेश प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई–चार हजारको हुलले सरकारी सम्पत्ति आगजनी, निजी घरमा आगजनी, तोडफोड र मान्छे मार्नेसम्मको काम गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन नसक्ने जिकिर गरे ।
नयाँ पुस्ताले राजतन्त्र नभोगेकाले उनीहरूलाई राजतन्त्र के हो भन्ने लागेको हुनसक्छ भन्दै प्रधानमन्त्री ओलीले नयाँ पुस्तामा यसबारेमा सचेता जगाउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गरेको यो दोस्रो पटक हो । यसअघि मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको पालामा पनि ओलीले सम्बोधन गरेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप