काठमाडौं– नेपाल शिक्षक महासंघ वार्तामा जान तयार भएको छ । बिहीबार शिक्षक महासंघ सरकारले बोलाएको वार्तामा जान तयार भएको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेको छ । बुधबार शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् । शिक्षकहरूले यसअघि दिउँसै बत्ती बालेर, कालो मास्क लगाएर, सिटी फुकेर प्रदर्शन गरेका थिए ।
वार्ता समिति बनाएर वार्तामा को–को जाने कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल भइ रहेको महासंघका एक पदाधिकारीले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप