बिपी राजमार्गमा बस दुर्घटना हुँदा ११ जना घाइते

  • २०८१ चैत्र २८, बिहिबार (३ दिन अघि)
  • १२२ पटक पढिएको
बिपी राजमार्गमा बस दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौं– बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

Advertisement

बागमती प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको यात्रुबाहक बस चिप्लिएर मे१ख ३३९४ नम्बरको हाइस गाडीमा ठक्कर दिँदा ११ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बस चिप्लिएर हाइसमा ठक्कर दिइ सडकबाट करिब २० मिटर तल खसेको थियो । बसमा सवार १५ जनामध्ये ११ जना घाइते भई उपचारको लागि प्राथमिक स्वाश्यकेन्द्र मंगलटारमा उपचार भइरहेको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट