अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • २०८१ चैत्र २९, शुक्रबार (२ दिन अघि)
  • ८२ पटक पढिएको
अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं– अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा तीन बालबालिका, एक पाइलट र स्पेनका एकै परिवारका २ सदस्यहरू रहेका छन् ।

Advertisement

बेल २०६एल-४ लङरेन्जर ४ हेलिकोप्टर न्यूयोर्क शहरको अग्नि नियन्त्रण विभागले हेलिकप्टर वेस्ट ह्युस्टन स्ट्रिट र वेस्ट स्ट्रिटको पियर ४० नजिकै दुर्घटनाग्रस्त भएको जनाएको छ ।

उक्त हेलिकप्टर पर्यटकहरूलाई शहरको हवाई दृश्य दिन परिचालन गरिएको थियो। तल्लो म्यानहट्टनबाट उडेको हेलिकप्टर स्ट्याचु अफ लिबर्टीको वरिपरि घुम्यो र त्यसपछि हडसन नदीको उत्तरतिर जर्ज वाशिंगटन पुलतिर लागेको थियो। त्यसपछि दक्षिणतिर मोडिएर न्यु जर्सी नजिकै नदीमा खसेको थियो ।

दुर्घटनामा परी हेलिकोप्टरमा सवार सबै जनाको मृत्यु भएको जनाइएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट