काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल–भारत पूर्वी सीमा मेची पुलबाट पक्राउ गरिएको हो ।
राजावादी आन्दोलनमा लागेका प्रसाईको समर्थकको भिड लागेपछि उनका समर्थकले थाहा नपाउने गरी सुटुक्क नेपाल ल्याइएको प्रहरी स्रोतले जनाएको छ ।
बिहीबार भारतको आसाममा भारतीय सुरक्षाकर्मीले उनलाई फेला पारेका थिए । १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनको कमान्डर प्रसाईंले हिंसात्मक बनाएको प्रहरीको निष्कर्ष छ । सोही दिन बेलुकादेखि बिएबी–४२०८ नम्बरको स्कोर्पियोमा फरार रहेका थिए । उक्त स्कारपियो केही दिनपछि इटहरीमा भेटिएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप