काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा सुरु भएको छ ।
शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालय हलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहको सम्बोधन गर्दै मन्त्री सुब्बाले संचार माध्यमले देश विकासको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको बताएका छन् । आदिवासी जनजातिहरुको मुद्दामा अझै कलम चलाउन सम्पुर्ण फोनिजकर्मीहरुलाई उनले आग्रह गरे ।
महाधिवेशमा सहभागी अतिथिलाई थारू र नेवारी गीतबाट स्वागत गरिएको थियो । कार्यक्रममा संघीय फोनिजको स्मारिका विमोचन गरिएको छ भने काठमाडौंको क्यालेण्डर विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पृथ्वीसुबा गुरूङले विमोचन हुन् । कार्यक्रममा फोनिजमा रही योगदान पुर्याएका पत्रकारहरूलाई सम्मान गरिएको छ ।
लुम्बिनीमा आयोजित कार्यक्रममा फोनिजका संघीय समिति, ८ प्रदेश, ६६ जिल्ला, ८ जातिय संस्थागत सदस्य र ८ प्रवास समितिबाट ५१७ जना प्रतिनिधिहरु तथा पर्यवेक्षकहरू उपस्थित भएका छन् । फोनिजको आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप