काठमाडौं– मेरो खेल डटकमकी सह-सम्पादक लक्ष्मी शाक्यले ‘उत्कृष्ट पत्रकार अवार्ड २०८०’ प्राप्त गरेकी छिन् ।
नेपाल भलिबल संघ (एनभीए) ले शुक्रबार काठमाडौंको माइतिघर हाईटस्थित कार्की ब्याङक्वेटमा आयोजना गरिएको पाँचौं एनभीए अवार्ड २०८१ अन्तर्गत शाक्यले उत्कृष्ट पत्रकार अवार्ड प्राप्त गरेकी हुन् ।
शाक्यले अवार्डसँगै ५० हजार रुपैयाँ प्राप्त गरेकी छिन् । मेरो खेलकी सह-सम्पादक लक्ष्मी विगत ८ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएकी छिन् ।
खेल पत्रकारिताको माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा खेलाडी, प्रशिक्षक, जिल्ला, प्रदेश र संघका लागि विगत लामो समयदेखि हालसम्म निरन्तर रुपमा पुर्याउँदै आएको योगदानको कदर गर्दै एनभीएले उनलाई यो अवार्ड प्रदान गरेको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप