काठमाडौं- नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ । आज बिहान ११ः३० बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीति, पार्टी स्थापना दिवस भव्य बनाउने विषयमा छलफल केन्द्रित हुनेछ । एमालेले ९ गते पार्टीको ७६ स्थापना दिवस र ११ गते युवा महोत्सवको आयोजना गरी मनाउँदैछ ।
वैशाख ११ गते अर्थात लोकतन्त्र दिवसका दिन काठमाडौंमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै एमालेले ४० वर्ष मुनिका युवाहरू सहभागी गराएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउने तयारी गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउनका लागि जुट्न पार्टीका सबै जनसङ्गठनलाई निर्देशन दिएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप