काठमाडौं– अविरल वर्षापछि खसेको लेदो सहितको पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । सडकमा खसेको लेदोसहितको पहिरो पन्छाएपछि पूर्ण रूपमा राजमार्ग सञ्चालनमा आएको हो ।
पाँचखाल नगरपालिका–८ स्थित ५० किलो, ५१ किलो, ५२ र ५३ किलोमा लेदो सहितको पहिरो आएर अवरुद्ध भएको सडक सञ्चालन भएको प्रहरीले जानकारी दिएको छ ।
माथिबाट आएको लेदो सहितको पहिरोका कारण चार ठाउँमा अवरुद्ध भएको थियो । सडक विभाग र नगरको जेसीबी प्रयोग गरी सडक खुलाएका हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप