आदर्श बहुमुखी क्याम्पसको पुस्तकालय भवन शिलान्यास

  • २०८२ बैशाख ५, शुक्रबार (२० घण्टा अघि)
  • १११ पटक पढिएको
आदर्श बहुमुखी क्याम्पसको पुस्तकालय भवन शिलान्यास

काठमाडौं– धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको शिलान्यास गरिएको छ ।

Advertisement

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य तथा पूर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले भवनको शिलन्यास गरेका हुन् ।

पुस्तकालय भवन निर्माण पश्चात क्याम्पसमा अध्ययनरत विद्यार्थी लक्षित मात्र नभई समुदायको पहुँचमा रहने गरी पुस्तकालय निर्माण गर्ने अभिष्ट रहेको पाण्डेले बताए ।

अहिलेको समयमा पछिल्लो पुस्तामा पठन संस्कृतिप्रति देखिएको विकर्षणका कारण आधुनिक पुस्तकालय निर्माण गरी खोज तथा अनुसन्धानको केन्द्र बनाउने र खोजमुलक पठन संस्कृतिप्रति समुदायलाई पनि सुसुचित गराउने ध्येयले यस पुस्तकालय भवन निर्माण गरिएको पनि उनले बताए ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको भवनको रोमन एण्ड रीता इन्जिनियरिङ कन्स्ट्रक्सन प्रा.लि. ठेक्का पाएको छ ।

२०८२ साल असार २० मा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको क्याम्पस प्रमुख मुक्तिकला लामिछानेले जानकारी दिईन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट