पिण्डेश्वरी माविमा प्लस टु सञ्चालन गर्न महायज्ञ सुरु

  • २०८२ बैशाख ६, शनिबार (२ घण्टा अघि)
  • ६६ पटक पढिएको
पिण्डेश्वरी माविमा प्लस टु सञ्चालन गर्न महायज्ञ सुरु

धादिङ– धादिङको गजुरी गाउँपालिका–४ गैरीगाउँमा रहेको पिण्डेश्वरी माध्यामिक विद्यालयमा प्लस टु सञ्चालन गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ ।

Advertisement

‘श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी बनौं, विद्यालय सुधार तथा शैक्षिक उन्नयनका लागि दान गरी पुन्य कमाऔं’ भन्ने मुल मर्म साथमा महायज्ञको सुरुवात गरिएको छ । विद्यालयको कक्षा ११ र १२ सञ्चालनार्थ आर्थिक सहयोग संकलन गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको हो ।

महायज्ञको उद्घाटन समारोहको सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कटेलले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा सुधारका लागि महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यस्तै, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल र वडा नम्बर ४ का वडा अध्यक्ष सुरेंद्र प्रजा लगायतले पिण्डेश्वरी माध्यामिक विद्यालयको चौतर्फी विकास एवं प्लस टु सञ्चालनको उदेश्यले आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी भएर सकेको दान गर्न सबैमा अनुरोध समेत गरेका छन् ।

बैशाख ६ गतेदेखि सुरु भएको महायज्ञ बैशाख १३ गतेसम्म सञ्चालन हुने महायज्ञमा कथावाचक तपस्वी गुरु उत्तम भट्टले प्रवचन दिने छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट