काठमाडौं– आफ्नै प्रेमिकालाई चीनमा लगेर डान्सबारमा बिक्री गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले ओखलढुंगा चम्पादेवी गाउँपालिका– १ घर भएका आशिष नेपालीलाई आफ्नै प्रेमिकालाई डान्सबारमा लगेरे विक्री गरेको अभियोगमा पक्राउ गरेको हो । प्रहरीका अनुसार एक युवतीसँग प्रेम सम्बन्धको नाटक गरी ०७० को ११ फागुनमा उनले खासा बजारको छिरिङ डान्सबारमा लगेर बिक्री गरेका थिए। ती युवतीलाई १९ हजारमा बिक्री भएको थियो ।
त्यहाँबाट भागेर पाँच महिनापछि युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन्। ११ वर्षपछि आरोपीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताए।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप