काठमाडौ- धादिङको रुवीभ्याली गाउँपालिका– ४ बोराङका सुक बहादुर तामाङ नालीमा मृत भेटिएका छन् । नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङमा तामाङ नालीमा मृत भेटिएका हुन् ।
प्लटिङबाट आँपखोलातर्फ जाने सडकको नालीमा लडिरहेको अवस्थामा करिव ५० वर्षीय तामाङ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । तामाङको परिवार केही समयअघिदेखि प्लटिङ नजिकै बस्दै आएका थिए ।
मृत तामाङ भेटिएको क्षेत्रमा हिजो राती युवाहरुबीच होहल्ला भएको र सामान्य झगडा पनि भएको स्थानीयहरुले बताएका छन् । घटनास्थलमा अहिले प्रहरीले शिल गरि अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट शव उठाएर मृत्युको कारणबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप