काठमार्डाैं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार फेरिने कुनै सम्भावना नभएको बताएकी छिन् । थाइल्यान्ड भ्रमणबाट फर्किएकी आरजु राणाले पत्रकारहरुसँग कुराकानी गर्दै सरकार फेरिने हल्ला मात्रै भएको बताएकी हुन् ।
सरकार फेरिने हल्ला आएपछि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच टेलिफोनमा कुराकानी भएको उनले बताइन् । ‘विदेशमा भएको बेला सरकार परिवर्तन हुन्छ भन्ने हल्ला मात्रै हो । त्यो समाचार देखेर हामी सबै आफै छक्क पर्यौं । त्यहि समाचारपछि प्रधानमन्त्री ज्यू र सभापति ज्यू विच टेलिफोनमा कुराकानी पनि भयो’ उनले भनिन् ।
त्यस्तै, थाइल्यान्डमा सभापति देउवाको कोहीसँग भेटघाट नभएको आरजुले बताइन् । गत ७ वैशाखमा गएका देउवादम्पती शुक्रबार फर्किएका हुन् । विमानस्थलबाट बाहिरिदने क्रममा सभापति देउवाले पनि गठबन्धनमा सबै ठिक रहेका प्रतिक्रिया दिएका छन् । हल्ला मात्रै भएको र सरकार परिवर्तनको कुनै छलफल नभएको उनले बताएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप