मृतक सुक बहादुरको हत्या आशंकामा अनुसन्धान

  • २०८२ बैशाख १२, शुक्रबार (९ घण्टा अघि)
  • १४९ पटक पढिएको
मृतक सुक बहादुरको हत्या आशंकामा अनुसन्धान

|धादिङको रुवीभ्याली गाउँपालिका– ४ बोराङका सुक बहादुर तामाङ मृत भेटिएको नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङमा प्रहरीले शिल गरेर अनुसन्धान गर्दैगर्दाको तस्विर ।

काठमाडौं– धादिङको रुवीभ्याली गाउँपालिका– ४ बोराङका सुक बहादुर तामाङ नालीमा मृत भेटिएका छन् । नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङमा शुक्रबार विहान तामाङ नालीमा मृत भेटिएका हुन् ।

Advertisement

प्लटिङबाट आँपखोलातर्फ जाने सडकको नालीमा करिव ५० वर्षीय सुक बहादुर तामाङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

तामाङको शव भेटिएको नजिकै सडकमा उनको दाहिने चप्पल रहेको थियो । स्थानीयहरुले पनि राती युवाहरुबीच होहल्ला र सामान्य झगडा भएको बताएका छन् । घटनास्थल पुगेको प्रहरीले मृतक तामाङ भेटिएको स्थान शिल गरि अनुसन्धान गरेको थियो ।

प्रहरी नायव उपरीक्षक हमालका अनुसार तामाङको शव पोष्टमार्टमका लागि लगिएको छ । ‘केही दिनमा रिपोर्ट आउँछ । घटना बारे थप अनुसन्धान भइ रहेको छ’, उनले भने– ‘घटना घटेको नजिकैतिर हिजो राती झगडा पर्यो भन्ने जानकारी आएर हाम्रो टोली गएको थियो, तर केही भेटिएन । मृतक तामाङको पोष्टपार्टम रिपोर्ट पनि आउँदैछ । हत्या हुन सक्ने आशंकाले घटनास्थल आसपास सिसि क्यामेरा फुटेजमा देखिएका ८/१० जनासँग सोधपुछ पनि गरिरहेका छौं । वास्तविकता अनुसन्धान र पोष्टमार्टम रिपोर्टपछि थाहा हुन्छ’ उनले भने ।

मृतक तामाङ रुवीभ्याली गाउँपालिका– ४ बोराङका हुन् । तर उनको परिवार केही समयअघिदेखि प्लटिङ नजिकै बस्दै आएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट