सहकारी पीडितहरुको माइतिघरमा अर्धनग्न प्रदर्शन

  • २०८२ बैशाख १५, सोमबार (२ घण्टा अघि)
  • ५३ पटक पढिएको
सहकारी पीडितहरुको माइतिघरमा अर्धनग्न प्रदर्शन

काठमाडौं- सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरूले आफ्नो माग पुरा गर्न सरकारलाई दबाब दिन अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।

Advertisement

उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्डसहित अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।

सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् । उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् ।

लामो समयदेखि आन्दोलनरत सहकारी पिडितहरुको माग सम्बोधन भएको छैन । ाफ्नो माग पुरा गर्न सरकारलाई दबाब दिदै आज अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट