काठमाडौं– रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।
लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको पालिकाले जानकारी दिएको छ । यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।
पालिकाका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको हो । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप