काठमाडौं– सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिने भएको छ । महरामा विभिन्न खालको रोग भएकाले उनलाई आजै छाड्ने तयारी रहेको छ ।
महरा गत ५ चैतमा कपिलवस्तुबाट पक्राउ परेका थिए । उनलाई सोही दिन काठमाडौं जिल्ला अदालत लगेर ४ दिन म्याद थप गरिएको थियो । अदालतले दिएको म्याद आज सकिँदैछ ।
हाजिरी जमानीमा छाड्नका लागि उनको फाइल सरकारी वकिल कार्यालयमा पठाइसकिएको सीआईबीले जनाएको छ । उक्त कार्यालयको रायपछि सीआईबीमा कागज गराएर महरालाई परिवारको जिम्मा लगाइने बताइएको छ ।
महरालाई अदालतले उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा राख्न निर्देशन दिएको थियो । त्यसै अनुसार उनलाई नर्भिक अस्पतालमा राखिएको छ ।
अस्पतालबाटै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लगेर महराको बुधबार र बिहीबार बयान गराइएको थियो ।
बयान सकिएको र थप अनुसन्धानका लागि हिरासतमै राख्न आवश्यक नदेखिएकाले उनलाई हाजिरी जमानीमा राखेर मुद्दाको अनुसन्धान अगाडि बढाउने सीआईबीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप